love shayari nepali

love shayari nepali– One of the best way to express ourself with our loved one is using shyari or quotes. But its hard to us to write love shayari in every time. here i have collected popular love shayari nepali .

Use these syari anywhere with your loved ones for the better relationship, use these to post on your facebook, twitter instagram. Show yourself in social media using these Nepali love quotes

Some famous love shayari in nepali

बन्द आँखा ले देखे को सपना साकार हुदैन ।

चोखो मायाको नाप तौल अनी आकार हुदैन ।

चोखो माया ज़िन्दगीमा एकै पटक हुन्छ अरे

चिन्ने कोसिस गर्नु फेरी फेरी बार बार हुदैन ।

नपाउने चिजको नै धेरै अॉश भईदियो ।

एकहोरो चलिरहने सास भईदियो ।

राजाको जिन्दगी जिउदै छ भन्थे ।

प्रजाको नै दास भईदियो

nepali status shayari

सायद यही थियो होला ।

मेरो भाग्यमा तिम्रो यादमा पलपल रोएर बस्नु पर्ने तिम्राै यादमा भबिष्य भुलि यादहरु मन मूटुमा साचि राख्नु पर्ने ।

गयौ नि आज मन भरि पिडा अनि मूटू भरि बेदनाका चोट दिएर पक्कै पनि म बाट कुनै भुल भयो होला । त्यसैले त आज तिमीले मलाई छोडी पराको डोलिमा चढेर गयौ । सपनाको महल टूटाई दियौ ।

हाम्रो चोखो मायालाई बिच बाटोमै छूटाई दियौ ।

खाएका ति बाचा कसम पल भरमै भुलि दियौ है । मन पनि कति कठोर रहेछ ।

पाउनु भन्दा गुमाउनुको मजा अर्कै हुन्छ ।

बन्द अॉखाले रुनुको मजा अर्कै हुन्छ ।

अॉशु बन्छ बोली बोलि बन्छ गजल

र त्यो गजलमा तिम्रो नाम हूनूको मजा अर्कै हुन्छ ।।।

सम्बन्ध फाइदाको लागि होइन

दुख पर्दा सहयोगको लागि गास्ने गर्नुस्!!

heart touching love quotes in nepali

अरु भन्दा ऊ मेरो केहि खास छ

न त फर्केर अाउने कुनै अाश छ

टाढा भएपनि के नै भयो र अखिर

याद अनि मनको सधै अासपास छ !!

जति प्रेम थियो हाम्रो स-सानामा

त्यति नै पोखिदिएकि छु पानामा

..

कहिले पुर्व कहिले पश्चिम पुगियो

भेटेर मेहेफिल जमाउने बाहानामा

..

मुना मदन जस्तै बन्छौ हाम्रो जोडि

भेटिदैन भन्दै नभन यो जमानामा

..

सुटुक्क उतै बसाइँ सरि सकेकी छु

भेटाइदैन मलाई पुरानो ठेगानामा.

धन कुटि चमल बन्छ।

चमल कुटि पिठो ।।

मलाई लाग्छ,तिम्रो माया अङ्गुर भन्दा मिठो ।।।

nepali love shayari nepali language

हाँस्नलाई मुख खोल्छु हाँसो आउँदैन।

रूनलाई आँखा छाम्छु आँसु आउँदैन।।

बाँच्न मन थिएन बाध्यतामा बाँचिरहेछु।।

हाँस्न मन थिएन बाध्यताले हाँसिरहेछु।

पुजे बिनको उपहार पठाए।

माया बिनाको प्रेम सजाए।

आँसु पिएर तिर्सना मितए।

रानी को माया पाएर जिन्दगी बिताए।

कैलेकाहीँ सिमा भुलेर म अधिकार खोज्छु

तिम्ले मलाई गर्ने प्रेमको आधार खोज्छु

छिन छिनमै बदल्छौ तिमी आफ्नै हृदय

म कहिलै नबद्लिने एउटा निश्चित आकार खोज्छु

लुगा कपडाहरु जहानेर अलिकती च्यातिन्छ्न, त्यहि बाट फाट्दै फाट्दै जान्छन अली अली गर्दै – त्यस्तै रैछ मन पनि

यदि साँच्चै तिमी छौ भने,

‛ हे भगवान ‘

तिम्रो मन्दिरका खुड्किलाहरुमा बसेका असङ्ख्य अपाङ्ग,

टुहुरा बालबालिका र बृद्द बृद्धालाई त्याहाँ बस्नु नपर्ने बनाइदेउ ।

तिमी प्रतिको प्रेम झनझन गाढा हुँदै जादैछ त…

आँखा चिमलिदा होस या बिउझिदा होस मात्र तिम्रो याद आउँछ…

खै कस्तो जादु गर्यो तिम्ले मुटु दुख्छ बस एकछिन तिमी नबोली दिदा…

यो माया हो कि तिमी पर्तीको आकर्षन खै यो मनले बुझ्नै सकेन….

कोही रिसाउने होस्…

घरिघरि मायाले गाली गर्नेहोस्…

र “प्रेम” पनि “बेहद” गर्ने होस्!!!

“सायद ऊ तिम्रो कहिले थिएन,

यसैले त सजिलै यात्रा मोडेर गयो”

कसैलाई माया गरेपछि,

साथ देऊ…

जीवनभर !

जिवन नै रहेन भने पनि

मिठो याद त रहला !!!

अश्लील शब्द बोल्दैमा प्रेम हुँदैन

शरीरका अङ्ग मोल्दैमा प्रेम हुँदैन…

यो सम्झिने मन छ,

म बिर्सु कसोरि।

तिमी नै भनिदेउ हे

जाने निस्ठुरी।।।।।

विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको

पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको

अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी

भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको

सबै ले सोच्छन आप्नै हितमा

म खुसी हुन्छु उनकै जीतमा

टुक्राइए आज म उनै बाट

घायल बने झुठो त्यो प्रितमा

वर्षासरी झर्ने आँसु आँखामा नै थुन्छु अचेल

एक्लै हुँदा जिन्दगीमा अतीत सम्झी रून्छु अचेल

बिर्सु भन्छु बल्झिदिन्छ सम्झनाका छालहरू,

सपनीमा संधैजसो तिम्रै काखमा हुन्छु अचेल

तिमी भित्रै यो मनले डेरा, कसे पछि थाहा पांए

छुटाउन गाह्रो रैछ माँया, बसे पछि थाहा पांए ।

तिम्रै दिलको फूलबारीमा, खोजें माली बन्न

फूल्दा फूल्दै मझेरीमा, खसे पछि थाहा पांए

घाइते थिंए मुटुलाई सिउन बाध्य भएं

टाढा हुँदा आफन्तनै जीउन बाध्य भंए

जिंदगीका चोटहरु बल्झिदिंदा आज भोली

नचाहेरै अतीत सम्झी पीउन बध्य भंए

थाहा छैन किन कमजोर हुदैछ यो मन

नरुने पनि मायाँ मा रोइदों रहेछ झन

रमाउदैं थें खुसीमा फेरी आँशु मिल्दा

अस्ताउदै को घाम जस्तै डुब्छ कि जीवन

थोपा थोपा संगाल्यौ तिमीले

बिना साथै अंगाल्यौ तिमीले

ओस्सिरहेको यो आत्मलाइ आगो बिना नै पगाल्यौ तिमीले

सधैं आँशुमा डुब्थें हाँस्न सिकायौ तिमीले

मरे तुल्य थिएं बाँच्न सिकायौ तिमीले

रंगमंच के हो थाहै थिएन मलाई

आफ्नै दिलमा नाँच्न सिकायौ तिमीले

माँगेकीछु तिमीलाई तिम्रो जवानी होइन!

हृदय देखिनै माया गर्नु मेरो बेइमानी होइन!

तिम्रै कल्पनामा डुब्छन मेरा पलहरू अचेल ।

तिमी पनि छौ बराबरी मेरो मात्र कहानी होइन ।

आफूलाई दु:ख पर्दा साथ खोज्दै रुन्छन् मान्छेहरु

अरुलाई द:ुख पर्दा कति स्वार्थी हुन्छन् मान्छेहरु ।

अरुले गरेको प्रगति त कसैले देखि सहन्नन्,

आफन्तकै षड्यन्त्रका जालहरु बुन्छन् मान्छेहरु ।

राम्रो नेताको कुरा होइन काम राम्रो हुनुपर्छ,

राम्रो कुरा जसले गर्छ, उसैलाई चुन्छन् मान्छेहरु ।

जसले जे भन्यो उसैको कुरा विश्वास गर्नु हुदैन,

नबुझेरै दुनियाँका कुराहरु सुन्छन् मान्छेहरु ।

सफल भएपछि विर्सन्छन् आफ्नै सहयोगीलाई

उसैको साथले गर्दा नै शिखर छु्न्छन् मान्छेहरु ।

दिलभित्र तिम्रै लागि चोखो माया साँचिरहें

कहिले होला भेट भनी औंलाहरु भाँचिरहें

अध्यारो यो जीवनलाई उज्यालाले छर्छु भन्दै

उकाली र ओरालिमा रुदै भिज्दै नाँचिरहें

शीतलता खोज्नेलाई जूनको चाह हुने सधैं

शीतबनी टल्पलाई सुन्यतामा बाँचिरहें

नछुटिने बाचाकसम् तोडिदियौ निस्ठुर भै

भेटिनु र छुटिनुको नियती यो जाँचिरहें

चुमेका हात मेरो जब ,खरानी बन्छ ।

र तिम्रो बल्ल मायाको ,निसानी बन्छ ।

रुदाँ मेरा कठै झर्ने ,ढिका अाँशु यी ।

सधै पुछ्ने प्रबासमा, यो सिरानी बन्छ ।।

सजाएको थिए मनमा,कसैलाई तर ।

उही नै अाज एक्कासी ,बैमानी बन्छ ।।

यहाँ जस्ले दिनै सक्दैनन् फुटेको कौडी।

तिनै मान्छे अचेल ,ज्ञानी र दानी बन्छ ।।

उ हिड्दै जान्छ यात्रामा ,अनौठो लाग्छ ।

सधै मेरो नयाँ यौटा ,कहानी बन्छ ।।

काडाबीच फुल्ने फुललाई कति पिडा हून्छ होला

मुस्कुराउदै अरुसंग आफुमात्र रुन्छ होला

डर, त्राश र कुसाशकको जालोभित्र रुमलिदै

काडा भित्र फुल्नु पर्ने त्यहा कसले बुज्छ होला

चिनजान थिएन, प्रेमपत्र पठाएकी थियौ ।

तिमीबिना बाँच्दैन भन्दै सताएकी थियौ ।

प्रेमजालमा फसाउनलाई के मात्र गरिनौ ?

बनावटी कुराहरू मलाई बताएकी थियौ ।

मैले पनि तिमीलाई माया गर्न थालेपछि,

त्यतिबेलै तिमीले माया घटाएकी थियौ ।

विगतमा जे भयो भुलिदेऊ भनेकै थिएँ,

मलाई मार्न भनी केटाहरू खटाएकी थियौ

Enjoy these love shayari nepali,share these nepali love quotes in facebook ,instagram,twitter.

Leave a Comment